रौतहट २९ मङ्सिर
आय आर्जनका लागि सिप मुलक ७ दिने खाध्य सुरक्षा प्रशोधन तालिम गौरमा सम्पन्न भएको छ । गौर नगरपालिकाका आर्थिक सहयोग तथा मिर मिरे विहानी नेपाल गौर ५ को आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।
महिलाहरुलाई आर्थिक रुपमा सवल र शसक्तिकरण बनाउने उदेश्यले संचालन गरिएको तालिमको समापन कार्यक्रममा गौर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भुनेश्वर शाहीले तालिममा सिकेका कुरा व्यवहारमा कार्यान्यन गर्न सहभागी हरुलाई सुझाव दिनु भएको छ ।
वडा अध्यक्ष शाहीले महिला हरुलाई आर्थिक रुपमा बलियो हुन् सिप आवश्यक भएकोले तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।
तालिममा ५० जनाको सहभागिता रहेको आयोजक सस्थाका गीता कुशवाहाले जानकारी दिएका छन् ।