रौतहट ।। हेफरको सहयोगले कोरोना नियन्त्रण तथा रोकथाममा सहयोग पुगेको गढीमाई नगरपालिका नगर प्रमुख श्याम यादवले बताउनु भएको छ ।
हेफर ईन्टरनेशनल नेपालले गढीमाई नपा रौतहटलाई १५ लाख सहयोग हस्तनान्त्रण कार्यक्रममा बोल्दै, नगर प्रमुख यादवले, यस्ता संस्थागत सहयोगले नगरवासी स्वास्थ्य सुरक्षको लागि संजिवनीको काम गरेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले, सहयोगी संस्थाले विगत देखि सहयोग गर्र्दै आएको र अगामी दिनहरुमा पनि नगरपालिका र नगरवासीलाई सहयोग गरि रहने विश्वार रहेकोको बताउद, सहयोगको लागि हेफर ईन्टरनेशनल नेपालई हार्दिक धन्यावाद दिए ।
कोभीडमा राहत सामाजिक क्षेत्रको साथ परोपकारी मनले बढाउ सहयोगी हात भन्ने नाराका साथ, विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाईरसको लागि अक्रान्ति बनेको नेपाललाई विभिन्न सहयोगी हातहरुले सहयोग गरिरहेको अवस्थमा जनकल्याण यूवा समिति गढीमाई नपा १ को सहकार्यमा हेफर ईन्टरनेशनल नेपालको सहयोगमा संचालन रहेको कृषी तथा पसु बस्तु उत्पादन तथा बजारी करण साझादारी कार्यक्रम अन्तरगत कोरोना भाईरसको लडाईमा थप मदत गर्ने उदेश्यले गढीमाई नपालाई उक्त सहयोग गरिएको संस्थाले जनाएको छ ।
संस्थाले उपलब्ध गराएको रकमबाट कोरोना नियन्त्रण तथा रोकथामको लागि स्वास्थ्य उपचार सेवा तथा स्वास्थ्य समाग्रीका लागि खर्च गर्न जस्ता सर्त सहित रकम हस्तनान्त्रण गरिएको संस्थाको फोकल पर्सन प्रेमकुमार साहले जानकारी गराए । फोकल पर्सन साहका अनुसार, संस्थाबाटले हस्तनान्त्रण गरिएको १५ लाख रकमले कोरोना भाईरस नियान्त्रण तथा रोकथामको लागि अक्सिजन सिलिण्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, आई सी यू, एक्सरे मेसिन, आईसोलेशन तथा कोभिड अस्पताल निर्माण, ईन्फ्रारेड थ्रमोमिटर, पल्स अक्सिमिटर, पिपिई किट लगायतका समाग्री खरिदमा खर्च गर्न सकिने बताए । हस्तानान्त्रण कार्यक्रममा लेखा प्रमुख कामेश्वर सहनी, संचाकर्मीहरुको उपस्थिती रहेको थियो ।