२७ जेष्ठ
रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहको सक्रियतामा जिल्लाको विभिन्न नाका भएर हुदै गरेको अवैध रकमको कारोवारमा संलग्न १२ जना व्यक्तिलाइ पक्राउ गरि १ करोड १७ लाख रुपिया भन्दा बढी रकम बरामद गर्न सफल भएका छन ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख भएर आएका बेला देखि अहिले सम्म उक्त रकम बरामद भएको प्रहरी उपरीक्षक शाहले जानकारी गराएका छन् । रौतहटको औरैया , बन्जरहा , महादेवपट्टी नाकाबाट हुण्डी कारोवार गर्ने समुहका व्यक्तिलाइ प्रहरीले नियन्त्रणमा लिएर कार्यवाही गरेका हुन् ।
परोहा नगरपालिका वडा नम्बर ९ रामपुर खाप स्थित नेपाल भारत सिमामा रहेका प्रहरी चौकीका टोलीले चेक जाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको बीआर ०५आर ४५२१ नम्बरको मोटर साइकललाइ रोकी चेक जाच गर्दा मोटर साइकल सवारले झोलामा लुकाएर राखेको स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैया बरामद भएको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको रकम सहित पक्राउ परेका भारत विहारको मोतिहारी जिल्ला घोडासहन बस्ने चालक बन्टी कुमार कलवार र पछाडी बसेका सोहि ठाउ निवासी २० वर्षीय सुरज कलवारलाइ सार्वजनिक गर्दै प्रहरी उपरीक्षक शाहले ९ पटक हुण्डी कारोवार गर्नेलाइ पक्राउ गर्न प्रहरी सफल भएको बताए ।
नेपालबाट नेपाली रुपैयालाइ भारतीय रुपैया सटही गर्ने गिरोह सक्रिय भएको अवस्थामा नेपाल भारत सिमामा त्यो गिरोहलाइ न्यूनीकरण गर्न प्रहरी सक्रिय रुपमा खटेको उहाले दावी गरे । चालु आर्थिक वर्षमा अहिले सम्म हुण्डी कारोवार गर्ने गिरोहका १२ जना लाइ पक्राउ गरि कानुनी कार्यवाही गरिएको बताउदै प्रहरी उपरीक्षक शाहले १ करोड १७ लाख ८६ हजार रुपैया बरामद गरिएको जनाए ।
अपराधिक क्रियाकलापमा संलग्न भएकालाइ कानुनी दयारामा ल्याउने सफल अनुसन्धान गर्दै आएका प्रहरी उपरीक्षक शाहले बालविवाह , जघन्य अपराध , हत्या , जस्तो घटनालाइ शुन्य सहनशीलतामा अनुशन्धान गर्ने गरेको जनाए ।