८ अषाढ
जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर समुहका काम चलाउ ओली नेतृत्वको सरकारका खानेपानी मन्त्रि भएका अनिल झाको मन्त्रि बाटो बाटो मै समाप्त भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी मन्त्रि नियुक्त गरे पछि पहिलो पटक गृह जिल्ला आउन लागेका झा को मन्त्रि पद बाटो मै समाप्त भएको हो ।
संसद विघटन पछि विस्तार गरेका मन्त्रि परिषद विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाई पछि प्रधान न्यायधिश चोलेन्द्र शमशेर जबराको इजलासले जेष्ठ २१ र २७ गते नियुक्त गरिएका उपप्रधानमन्त्री र मन्त्रिहरुलाई कामकाज गर्न नदिन आदेश गरेपछि हर्षोलासका साथ घर आएका झा को खुशी गाममा एक छिन मै परिणत भएका हुन् ।
आफ्नो जिल्ला आउनु भन्दा पहिला सामाजिक संजालमा जानकारी गरेका पुर्व मन्त्रि झा को स्वागतमा समर्थकहरुले दर्जनौ भारतीय नम्बर पलेटका गाडी लिएर चन्द्रनिगाहपुर पुगेका थिए ।
गौर देखि चन्द्रनिगाहपुर सम्म विरेन्द्र राजमार्गमा ठाउ ठाउमा स्वागत गेट बनाईएको थियो । नेपालको झन्डा लहराऊदै गौर स्थित होटेल सिया पैलेसमा पुगेका झा ले कार्यकर्तालाइ सम्वोधन गर्न नपाउदै मन्त्रि पद चट भएको जानकारी आएको थियो ।
मन्त्रि बन्नका लागि आफ्नै पार्टीमा गुट सृजना गरि कामचलाउ सरकारमा सहभागी भएका जसपाका सवै मन्त्रिको पद एक झट्का मै गएको छ ।
मन्त्रि पद गईसके पछि नेपालको झन्डा लहराऊदै आएका झा झन्डा झिकेर मायुस भएर फर्केका छन् । यस अघि प्रदेश सरकारका भौतिक पूर्वाधार राज्य मन्त्रि रहेकी झा कि पत्नी डाक्टर डिम्पल झा को पनि पद गइ सकेका छन् ।
राज्य मन्त्रि पदबाट हटाइए पनि झा ले प्रयोग गर्नलाइ लिएको सवारी साधन अहिले सम्म सरकारलाइ नबुझाएको स्रोतले जनाएको छ ।
जिल्लामा १४ गते देखि निशेधाज्ञा जारी रहेको तथा नेपाल भारत सिमा वर्षौ देखि बन्द रहेको अवस्थामा पनि झा को स्वागतको लागि पार्टी को झन्डा प्रयोग गरि सिमाना देखि ४२ किलो मिटर राजमार्ग सम्म भारतीय नम्बर प्लेटको गाडीको लस्कर प्रयोग भएको थियो ।