७ भाद्र
रौतहट जिल्लामा गएको साउन ३२ गतेका दिन लागु औषध ओसार पसार कारोवारमा संलग्न भएको आरोपमा पक्राउ परेका संचारकर्मी मोहमद मोजिबुल्लाहको घटनामा प्रहरी नै मुख्य योजनाकार भएको खुलासा भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहले पत्रकार सम्मेलन गरि फसाउने कार्यको मुख्य नाइके नेपाल पत्रकार महासंघ रौतहट शाखाका सह सचिव संजय कुमार सहनी भएको तथ्य बाहिर ल्याएपछि आरोप लगाईएका सहनी अडियो रेकर्ड सार्वजनिक गरेपछि मुख्य दोषी प्रहरी उपरीक्षक शाह देखिएको छ ।
सिसि टिभी फुटेजबाट निर्दोष देखिएका संचारकर्मी मोजिबुल्लाहलाइ रिहा गरी लगतै प्रहरी उपरीक्षक शाह र आरोपित बनाईएका पत्रकार सहनी विच भएको कुराकानीको अडियो रेकर्ड सामाजिक संजालमा सार्वजनिक भएपछी प्रहरी उपरीक्षक शाह नै घटनाको योजनाकार भएको पुस्टि भएको छ ।
दुवै जना विच भएको संवादमा प्रहरी उपरीक्षक शाहले तपाईको काम भयो भयो भनेका छन् भने पत्रकार सहनीले जानकारी कसरि भयो भने सोधेको सुनिन्छन ।
विच प्रहरी उपरीक्षक हासेको पनि देखिएको छ । नेपाल पत्रकार महासंघले घटनामा प्रहरीका उच्च अधिकारीहरुको संलग्नता भएको भन्दै उच्च स्तरीय छानविन समिति गठन गरि छानविन हुनु पर्ने माग गर्दै आएको छ ।
गत वर्ष गरुडामा प्रहरी हिरासतमा अनुसन्धानको क्रममा दिइएको चरम यातनाको कारण विजय राम को भएको मृत्यु पछि विभागमा तानिएका तत्कालिन प्रहरी उपरीक्षक रविराज खड्काको ठाउमा प्रहरी उपरीक्षक शाह रौतहट आएका थिए ।
प्रहरी उपरीक्षक शाहले सार्वजनिक भएको अडियोमा भएको आवाज मेरो रहेको स्वीकार्य गर्दै पत्रकार संजय सहनीले नै दिएको सुचनाको आधारमा पक्राउ गरेपछि भएको कुराकानी रहेको दावी गरेका छन् ।
कुनै अपराधिक कार्यको सफलता पछि काम भएको भनिएको प्रहरी उपरीक्षक शाहले दावी गरेका छन् । उहाले आफु बाच्नको लागि मेरो अडियो सार्वजनिक गर्दा पनि दोषी सहनी उम्कन नसकिने बताए ।
अडियो सार्वजनिक भएपछी प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी उपरीक्षक भएको संवादलाइ गलत तरिकाबाट प्रस्तुत गरिएको जनाएका छन् ।
Home मुख्य समाचार पत्रकार फसाउने कार्यमा एसपीको अडियो सार्वजनिक , संवादलाइ गलत तरिकाले प्रस्तुत गरेको...