७ भाद्र
सड्यन्त्रको शिकार भएका संचारकर्मी मोहमद मोजिबुल्लाह र उनका चालक शेख गुलाव भन्ने शेख अतिउल्लाहलाइ रौतहट प्रहरीले आज रिहा गरेको छ ।
रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर १ स्थित संचालन रहेको होटेल ग्रीन सिग्नल लौजमा बोलाएर होटेल अगाडी पार्किंग गरि राखिएको मोटर साइकलमा घुमुवा प्रहरीको प्रत्यक्ष निगरानीमा अन्य बाहिरी दुइ जना व्यक्ति सित पार्किंग गरि राखिएको मोजिबुल्लाहको मोटर साइकलमा लागु औषध हालेर पक्राउ गरेको सिसि टिभी फुटेजबाट प्रमाणित भएपछी आफ्नै कार्यबाट लज्जित भएका रौतहट प्रहरीले हिरासतमा राखेका निर्दोस संचारकर्मी र उनका सहयोगीलाइ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहले सोमबार जिल्ला समन्वय समितिको कार्यालयमा पत्रकार समेलन गरि रिहा गरेका हुन् ।
विदा लिएर घर गएका बेला निमित कार्यालय प्रमुखको जिम्मेवारी निर्वाह गरेका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमोरियाको आदेश परिचालन भएका अपराध अनुसन्धानमा खटिएका घुमुवा प्रहरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक उदय प्रसाद यादव र प्रहरी जवान मनोज साहले बाहिरबाट १०५ वटा लागु औषध नाईट्रो भेट ट्याब्लेट राखेर पत्रकार मोजिबुल्लाह र उनका सहयोगी शेख गुलाबलाइ पक्राउ गरिएको थियो ।
होटेलको तल जडान गरिएको सिसि टिभी फुटेजबाट पक्राउ परेका दुवै जना निर्दोष भएको देखिएपछि नेपाल पत्रकार महासंघ रौतहट शाखाले सार्वजनिक गरेपछि रौतहट प्रहरीको कानुन विपरित कार्य प्रस्ट भएको थियो ।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय , प्रदेश समिति , नेपाली कांग्रेस जिल्ला कार्य समिति रौतहट , मेची महाकाली बुहारी संयुक्त आवाज रौतहट लगायतका विभिन्न संघ सस्थाले नियत बस फसाईएका पत्रकारलाइ रिहा गर्नु पर्ने दवाव सृजना गरे रौतहट प्रहरीले घटनामा संलग्न भएका थप दुइ जनालाइ पक्राउ गर्नुको साथै प्रहरी सहायक निरीक्षक यादव र प्रहरी जवान मनोज साह निलम्बन गरेका हुन् ।
आयोजना गरिएको पत्रकार सम्मेलनमा सम्वोधन गर्दै प्रहरी उपरीक्षक शाहले नेपाल पत्रकार महासंघ रौतहट शाखाका सह सचिव संजय सहनीको भनाइमा मोजिबुल्ल्लाहलाइ फसाउने कार्य भएको दावी गरेको छ ।
सहनीले रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर १ निवासी धिरज यादव र जिल्ला सर्लाही रामनगर गाउपालिका वडा नम्बर १ बहुअर्वा बस्ने २३ वर्षीय जितेश कुमार यादवबाट आफ्नै काँ लाइनको कार्यालयबाट लागु औषध दिएर फसाएको पक्राउ परेका दुवै जनाबाट खुलेको प्रहरी उपरीक्षक शाहले बताए ।
पत्रकार सम्मेलनमा सहभागी भएका संचारकर्मी संजय कार्कीले जिल्ला प्रहरी कार्यालयको अनुसन्धान विस्वासिलो नभएकोले उच्च स्तरीय छानविन समिति गठन गरि घटनाको छानविन हुनु पर्ने माग गरे । घटनामा प्रहरीका उच्च अधिकारीको संलग्नता रहेकोले उहालाइ छानविनको दयारामा ल्याउनु पर्ने जिकिर संचारकर्मी प्रभात कुमार झाले गरे ।
नेपाल प्रहरीको कार्यले प्रहरी माथिको विश्वास घुम्ने भएकोले घटनाको निस्पक्ष छानविन हुनुपर्ने पत्रकार फनिदेव महतले माग गरे । घटनाका मुख्य योजनाकारको नाम अहिले सम्म सार्वजनिक नभएकोले नाम सार्वजनिक गरि दोषी प्रहरी माथि मुद्दा चलाउनु पर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव मदन ठाकुरले माग गरे ।
पुर्व सचिव गौतम श्रेष्ठले एउटा पत्रकारलाइ निर्दोष सावित गरि अर्को पत्रकारलाइ फसाउने कार्य प्रहरी द्वारा गरिएकोले उच्च स्तरीय छानविन समिति गठन गरिनु पर्ने जिकिर गरे । प्रहरीको उच्च अधिकारी को निर्देशनमा फसाउने कार्य गरिएको अडियो रेकर्ड रहेकोले दरिलो र विश्वासिलो छानविन हुनु पर्ने उहाको कथन रहेको छ ।
घटनाको डिजाईनर भनि चित्रण गरिएका पत्रकार संजय सहनीले म माथि प्रहरीले गलत आरोप लागेको दावी गरेका छन् । आफु निर्दोस भएको र घटनामा प्रहरीको नै संलग्नता भएकोले छानविन हुनु पर्ने माग समेत सहनीले गरेका छन् ।