५ असोज
रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ स्थित रहेको बस पार्क बाट प्रहरीले ४० किलो चादी सहित एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. २ बस्ने वर्ष ३५ को बिध्यानन्द साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बसपार्कमा रहेको अस्थाई प्रहरी पोष्टबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले विभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई रोकी चेक जाँच गर्ने क्रममा बस काउण्टरबाट पक्षिम तर्फ आउदै गरेको बिध्यानन्द साह सोनारले दुबै हातमा कालो रंगको झोला बोकी हिडी रहेको अवस्थामा शंका लागि रोकी दुबै हातमा बोकेको झोलाहरु खोल्न लगाई चेक जाँच गर्दा दुबै झोलामा कार्टुन भित्र सिलबन्दी गरिएको सेतो रंगको प्लाष्टिक भित्र चाँदी जस्तो देखिने स–साना धातुका टुक्राहरु फेला परेकोले सोनारलाई नियन्त्रणमा लिई उक्त धातुहरु बरामद गरी सुन चाँदी व्यवसायी संघबाट परीक्षण तथा तौल समेत गराउँदा उक्त धातु चाँदी रहेको पुस्टि भएको प्रहरी उपरीक्षक विनोद घिमिरेले बताएका छन् ।
बरामद गरिएको चाँदीको बजन ४० किलो र बजार मुल्य ३९ लाख ४४ हजार अनुमान गरिएकोले थप कार्यवाहीको लागि राजश्व अनुसन्धानको कार्यालय पथलैया पठाईएको प्रहरीले जनाएको छ ।
खरिद गरेको विल हुदा हुदै प्रहरीले चाँदी पक्राउ गरेको सुन चाँदी व्यवसायीले दावी गरेको छ । सदरमुकाम गौरमा सुन चांदी पसल संचालन गरेकामा जानकी ज्वेलर्सका संचालकले असोज ४ गते काठमाडौँबाट विधिवत रुपमा खरिद गरि मगाईएको चाँदी प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यूरिका इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड सानो गौचरण ज्ञानेश्वर काठमाडौँबाट खरिद गरिएको ४० लाख मुल्य बरावरको ४० किलो चाँदी गौर ल्याउदा प्रहरीले बैधानिकता भएको हुदा हुदै पनि समातेको गुनासो उक्त व्यवसायीको रहेको छ ।
नेपाल सरकारको नियम अनुसार खरिद गरिएको चाँदी समात्नु सुन चाँदी व्यवसायीलाई हैरान गर्नु बाहेक केहि नरहेको जिकिर व्यवसायीको रहेको छ । विल हुदा हुदै चाँदी समातिएको दावी उहाको रहेको ले अधिकारिक रुपमा खरिद गरिएको चाँदी फिर्ता पाउनु पर्ने माग उहाको रहेको छ ।