रौतहट ६ कार्तिक
रौतहट जिल्लाको गौरमा संचालन रहेको यातायात व्यवस्था सेवा कार्यालयमा गोप्य रुपमा अवैधानिक रुपमा कर्मचारी न्युक्ति गरेको छ ।
निमित कार्यालय प्रमुख राजकिशोर साहले कम्प्युटर अपरेटरमा आफ्नो नातेदार लाइ न्युक्ति गरेको हो । कार्यालय खुल्ला रहेको समयमा सार्वजनिक विदा भएको भ्रम फैलाएर निमित कार्यालय प्रमुख साहले आफ्नो सालो नाता पर्ने सर्लाही जिल्लाको ब्रहमपुरी निवासी सुनिल कुमार साह लाइ कम्प्युटर अपरेटरमा नियुक्ति गरेको हो ।
कार्यालयमा कर्मचारी न्युक्ति गर्दा सार्वजनिक सुचना प्रकाशन गर्नु पर्ने कानुनी व्यवस्था रहेको अवस्थामा निमित प्रमुख साहले कार्यालयका कर्मचारीलाइ अफवाह फैलाएर छुटी भएको भन्दै विदा दिएर आफ्नो नातेदारलाई न्युक्ति गरेकोको हो ।
कार्तिक ३ गतेमा अवैध रुपमा न्युक्ति गरेका प्रमुख साहले भाद्र ९ गते देखि कार्यरत रहेको डोर हाजिरी बनाएको छ ! कम्प्युटर सम्बन्धि केहि जानकारी नभएको व्यक्तिलाइ कम्प्युटर अपरेटरमा न्युक्ति गरेका कार्यलय प्रमुख साहलाइ कानुनी कार्यवाही गर्नु पर्ने नेकपाका युवा नेता सन्तोष यादवले माग गरेका छन् ।
कार्यालयमा कानुनी प्रक्रियालाइ मिचेर आफ्नो नाता कुटुमका व्यक्तिलाई न्युक्ति गर्नेलाइ युवाहरुले जन्कर्य्वाही समेत गर्ने चेतावनी दिएका छन् । उहाले नियुक्त गरेका कर्मचारीको न्युक्ति बदर गर्न माग समेत गरेका छन् ।
निमित कार्यालय प्रमुख साहले न्युक्ति कानुन समत भएको दावी गरेका छन् । उहाले भने कार्यालय उद्घाटन भएको बेला देखि कार्यरत भएकोले न्युक्ति गरेको छु ।