रौतहट ८ कार्तिक
मेचीमहाकाली बुहारी संयुक्त आवाज प्रदेश २ कार्य समितिको आयोजनामा प्रदेश संयोजक पुजा पाठक तिमिल्सिनाले २० घरधुरीलाइ लत्ता कपडा वितरण गरेको हो ।
महिला तथा बालबालिकाको हिंसा विरुद्ध कार्य गर्दै आएकी पाठकले आउँन लागेको चिसो मौसमलाइ मध्य नजर गर्दै गरिव ,असहाय ,विपन्न परिवारलाइ चिसोबाट बाच्नकोलागि मेचीमहाकाली बुहारी संयुक्त आवाज प्रदेश ३ को संयोजक एन्जिला श्रेष्ठले उपलव्ध गराएको कपडा र आफ्नो तर्फबाट समेत गरि बाडिएको उहाले जानकारी दिएका छन् ।
गरिव र विपन्न परिवारलाई कपडाको समस्या भएकोले उहाहरुको परिवारलाई कपडा वितरण गरिएको बताए । रौतहटमा १०० घरधुरीलाइ कपडा वितरण गरिने योजना रहेको प्रदेश संयोजक पाठकले बताए ।
ज्याकेट , कोट , स्विटर , टोपी , सर्ट , पैन्ट , कुर्ता सुरुवाल , साडी , बच्चाको लागि कोट ,पैन्ट , सर्ट , जुता वितरण गरिएको छ ।
कपडा वितरण गर्ने कार्यक्रममा नेपाली कांग्रेसका अजय साह , मेची महाकाली बुहारी संयुक्त आवाज सर्लाही जिल्ला शाखाका सह संयोजक अन्जना पन्त कडरिया , सदस्य अन्जना नेपाल , नेपाल मानव अधिकार संगठनका जिल्ला संयोजक टेक बहादुर चौरेल सहित संचारकर्मीहरुको उपस्थति रहेको थियो ।
महिला हिंसाको विरुद्ध सफल कार्य गर्दै आएकी प्रदेश संयोजक पाठकले सामाजिक कार्यमा पनि अग्रसरता देखाउन थालेका छन् । गरिव असहाय विपन्न परिवारको दुखमा सहयोग गर्ने तिमिल्सिनालाइ कपडा पाएका परिवारहरुले धन्यबाद ज्ञापन समेत गरेका छन् ।