८ कार्तिक
रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर २ महादेवपट्टिमा पुरानो शैलेश मन्दिर निर्माण कार्यको शिल्यान्यास गरिएको छ ।
धेरै दिन पुरानो मन्दिर भत्किसकेकोले नया निर्माण गर्नकोलाइ गौर नगरपालिकाको नगर प्रमुख अजय कुमार गुप्ताले सोमवार शिलान्यास गरेका हुन् ।
नगरपालिकाको चालु आर्थिक वर्षको योजना अन्तर्गत नगरस्तरीय बजेटबाट करिव २३ लाखको लागतमा निर्माण हुने उक्त मन्दिरको शिलान्यास गरिएको नगर प्रमुख अजय कुमार गुप्ताले बताउनु भएको छ ।
स्थानीयहरुको चाहना अनुसार मन्दिर निर्माणको कार्य अगाडी बढाईएको छ । चालु आर्थिक वर्ष मै निर्माण कार्य सम्पन्न हुने गरि कार्य बढाइने मेयर गुप्ताले जनाए । तत्काल १० लाख रुपैया निर्माण कार्यको लागि दिइएको छ ।
मन्दिर पुरानो भएको कारण भत्किएकोले नयाँ निर्माण गर्नु परेको हो । धार्मिक स्थलको विकास संरक्षण प्रवर्धन गर्ने अभियान अन्तर्गत मन्दिर निर्माणको योजना ल्याईएको नगर प्रमुख गुप्ताको भनाइ रहेको छ ।
शिलान्यास कार्यक्रममा नगरपालिकाका निर्वाचित वडा अध्यक्ष राकेश झा , श्याम सुन्दर पटेल , राम स्वार्थ यादव , मजहर खा , गौर नगरपालिकाका योजना फाट प्रमुख जितेन्द्र भारती लगायत स्थानीय भर भलादमीहरुको उपस्थति रहेको थियो ।