अजित कुमार कर्ण ,
राैतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरबाट प्रहरीले ठुलो मात्रामा लागु औषध गाजा सहित २ जनालाइ पक्राउ गरेको छ ।
गौर नगरपालिका वडा नम्बर ४ स्थित गौर चन्द्रनिगाहपुर सडक खण्डमा रहेको शिवांगी पेट्रोल पम्प नजिक रोकी राखिएको ना ६ ख ५९४३ नम्बरको मालबाहक ट्रकबाट जिल्ला प्रहरी कार्यालयको टोलीले १८६ किलो गाजा सहित २ जनालाइ नियन्त्रणमा लिएको हो ।
पेट्रोल पम्प अगाडी रहेको ट्रकमा ठुलो परिणाममा लागु औषध रहेको सुचनाको आधारमा गएको प्रहरीको टोलीले १८६ किलो गाजा सहित जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नम्बर नं.१२ वस्ने भिम बहादुर गोलेको छोरा अं.वर्ष २५ को ट्रक चालक सुरेन्द्र गोले र ऐ.ऐ. वस्ने ईन्द्रमान तामाङको छोरा अं.वर्ष १९ को रित्तम तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार प्रतिबन्धित लागु औषध गाजा पलास्टिकले बेरिएर १२ पोका ट्रकको चेसिसको भाग मा लुकाएर राखेको अवस्थामा फेला परेको छ । गाजा सहित पक्राउ परेका दुवै जनालाइ अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने गाजा कसको रहेको छ भने विषयमा प्रहरीले सार्वजनिक गरेको छैन ।
ठुलो परिणाममा फेला परेको गाजा भारतमा लगिने उदेश्यले गौर ल्याएको हुन् सक्ने आशंका रहेको छ । गाजा तस्करी कार्यमा ठुलो करोवारीको हाथ रहेको अनुमान गरिएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान भै रहेको जनाएको छ ।