रौतहट २८ कार्तिक
प्रधान न्यायधिश चोलेन्द्र शम्सेर जबराको बहिर्गमनको माग गर्दै रौतहट जिल्लाका कानुन व्यवसायीहरुले आइतवार रौतहट जिल्ला अदालत परिसरमा विरोध प्रदर्शन गरेका छन् ।
स्वतन्त्र न्यायपालिकालाइ कार्यपालिका सित साठगाठ गरि न्यायपालिकालाइ बदनाम गर्ने कार्य गरेको प्रधान न्यायधिश जवराले राजिनामा दिनु पर्ने माग सहित आन्दोलनमा उत्रेका नेपाल बार एसोसिएसन काठमाडौँको निर्देशन अनुसार रौतहट जिल्लाका कानुन व्यवसायीहरु हातमा कालो पट्टि बाधेर २ घटना धर्ना दिएर विरोध जनाएका हुन् ।
जिल्ला बार एसोसिएसन रौतहटका अध्यक्ष अधिवक्ता राजाराम यादवले प्रधान न्यायधिशले राजनीतिक दल संग मिलेर गरेको भागवण्डाले न्यायपालिका माथि कलंक थपिएको बताए ।
केन्द्रिय बारको घोषित तिन देने विरोध कार्यक्रम अन्तर्गत जिल्ला बारको आयोजनामा धर्ना कार्यक्रम गरिएको बताउदै अध्यक्ष यादवले प्रधान न्यायधिश पद बाट राजिनामा नदिए सम्म आन्दोलन जारी रहने जनाए ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद विघटन विरुद्ध परेको रिटमा प्रतिपक्षी दल सित मन्त्रि पदको भागबण्डा गरि फैसला गरेको सार्वजनिक भएपछी प्रधान न्यायधिश जबराको विरुद्ध नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रेको हो ।