२५ चैत्र
गौर नगरपालिका वडा नम्बर २ का निर्वाचित वडा अध्यक्ष एवं लोकतान्त्रिक समाजवादी पार्टीका गौर नगरपालिकाको नगर अध्यक्ष राकेश कुमार झा आफ्ना समर्थक सहित शुक्रवार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
आसन्न निर्वाचनको समय नजिकदै गएको बेला रौतहट जिल्लामा पार्टी परिवर्तन गर्नेहरुको संख्या दिन दिने बढ्दै गएको हो । जनता समाजवादी पार्टीमा अहिले सम्म निर्वाचित ४ जना वडा अध्यक्ष प्रवेश गरि सकेका छन् ।
वडा अध्यक्ष झा अघि राजदेवी नगरपालिका वडा नम्बर ७ का निर्वाचित वडा अध्यक्ष संजय कुमार यादव , माधव नारायण नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष राजिव यादव पार्टी प्रवेश गरेका थिए ।
मधेश प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्रि योगेन्द्र यादवले वडा अध्यक्षको घरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा झा लाइ टिका लगाएर पार्टी प्रवेश गराएका छन् । झा संगै निर्वाचित महिला वडा सदस्य हिरदा देवी पासवान लगायत १ दर्जन व्यक्ति प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा सम्वोधन गर्दै राज्य मन्त्रि यादवले नेपाली कांग्रेस , नेकपा एमाले र नेकपा एस मधेशको लागि शोषक रहेको टिप्पणी गरे । उहाले भने मधेशी जनतालाइ प्रयोग गरि फाल्ने नीति लिएको पार्टी नै कांग्रेस एमाले र माओवादी रहेको छ ।
नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएका माधव नेपालले मन्त्रि बनाउदा एक जना मधेशी समुदायका व्यक्तिलाइ समावेश नगरेको उदाहरण प्रस्तुत गर्दै अवको निर्वाचनमा जसपालाइ नै रोज्नु पर्ने आग्रह गरे ।
गौर नगरपालिकामा भएको विकास निर्माणको कार्य स्थानीय सरकारको लागनीको नभई संघीय सरकार र प्रदेश सरकारको लागानीको प्रतिफल रहेको आलोचना गरे ।
कार्यक्रममा केन्द्रिय सदस्य रेवन्त झा , गौर नगरपालिकाका नगर प्रत्यासी किरण कुमारी ठाकुर , नव प्रवेशी वडा अध्यक्ष राकेश झा लगायतका बक्ताहरुले गौरमा जनता समाजवादी पार्टीलाइ मतदान गरि निर्वाचित बनाउन सवै संग अपिल गरेका छन् ।