२५ चैत्र
रौतहट जिल्लाको इशनाथ नगरपालिकाको नगर प्रमुखको पदमा आफ्नै श्रीमतीलाइ उम्मेदवार बनाउन नेपाली कांग्रेसका निर्वाचित प्रदेश सांसद पूर्ण रुपमा लागि परेका छन् ।
२०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा फोरम लोकतान्त्रिक पार्टीको उम्मेदवार सन्तोष मेहताबाट पराजित भएकी नेपाली कांग्रेसका नगर प्रमुखको उम्मेदवार कौशल्या देवी सिन्हालाइ दोस्रो पटक पनि उम्मेदवार बनाउने तर्फ उहाको श्रीमान रौतहट निर्वाचन क्षेत्र २ क प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद सिन्हा विभिन्न हत्कण्डहरु अपनाउने गरेको हो ।
नेपाली कांग्रेसले बैशाख ३० गतेमा हुन गैरहेको दोस्रो पटकको स्थानीय तहको निर्वाचनमा पुनः श्रीमतीलाइ नै टिकट हुनु पर्ने सोच लिएर गठित नगर कमिटिका सदस्यहरुको गोप्य रुपमा हस्ताक्षर संकलन गर्ने कार्य शुरु गरेको समाचार स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसले आसन्न निर्वाचनको लागि पार्टीबाट अर्को महिला उम्मेदवार अन्जु झा लाइ उम्मेदवार बनाउन लागेकोमा त्यसको विरुद्ध प्रदेस सांसद सिन्हाले विभिन्न किसिमका सड्यन्त्र गर्न थालेको नेपाली कांग्रेसका ६ नम्बरका वडा सभापति जवाहिर साहले बताएका छन् ।
उहाले भने गोप्य रुपमा कसैलाई कुनै जानकारी नदिएर रजिस्टरमा हस्ताक्षर गराउने कार्य गरि रहेको छ । नेपाली कांग्रेसले टिकट नदिए पार्टी परित्याग गर्ने मनसाय बनाएको सिन्हाले पत्नीलाइ नै टिकट पाउनु पर्ने प्रयास उहाको रहेको बुझिएको छ ।
नेपाली कांग्रेसका पार्टीगत विभिन्न पदहरु आफ्नो परिवार भित्र नै हात पार्ने सफल भएका प्रदेश सांसद सिन्हाले मेयर पद पनि आफ्नै घरमा राख्ने सोच लिएर अघि बढ्दै गएको वडा नम्बर ४ का वडा सभापति शेख वकिलको भनाइ रहेको छ ।
प्रदेश सांसद सिन्हाले मेयर पदको दाबेदार श्रीमती रहेको स्वीकार गरेको छ । गोप्य रुपमा हस्ताक्षर गराउने विषयमा इन्कार रहेका सिन्हाले बैठकको लागि सहि गराउने गरेको बताएका छन् । पत्नीलाइ टिकट नदिए पार्टी परित्याग गर्ने विषयमा सांसद सिन्हाले भने पार्टी टिकट नदिए पनि कांग्रेस मै बस्ने बताए ।
अरुलाई टिकेट दिएमा अन्तर्घात नगरी पार्टीको नाताले सहयोग गर्ने समेत उहाले बताए । समाचार र्स्रोतका अनुसार प्रदेश सांसद सिन्हाले मेयरमा पत्नी , उमेयरमा आफ्नो परिवारका भाई तथा वडा अध्यक्षमा भतिजोलाइ उम्मेदवार बनाउने सोच बनाएको छ ।