२४ बैशाख
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर २ का नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार विनोद कुमार कर्णले आफ्नो उम्मेदवारी वडालाइ शिक्षित र समृद्ध बनाउनको लागि भएको बताएका छन् ।
शनिवार घर दैलो कार्यक्रममा संचारकर्मीहरु सित छोटो कुराकानी गर्दै वडा अध्यक्षका उम्मेदवार कर्णले निवर्तमान मेयर सियाराम कुशवाहाले वडा सित शौतेला व्यवहार गरेको आरोप लगाए । आफ्नो सम्पति निशुल्क दिएर विद्यालयको स्थापना गरे पनि मेयरलाइ पटक पटक आग्रह गर्दा पनि अनुमति नदिएको दावी गरे ।
जितेका मेयरले गाउमा कुनै विकास नगरेकोले स्थानीयहरू मेयर प्रति आक्रोशित भएको जनाउदै उम्मेदवार कर्णले जनताले विकास गर्ने वडा अध्यक्षको मतदान गर्ने पक्षमा देखिएको बताए ।
शिक्षा ,स्वास्थ्य , पूर्वाधार विकासको रुपमा पछाडी परिएका वडा नम्बर २ का हथियाही र जमुनिया टोलमा ९ वटा स को विकाश गर्ने लक्ष्यले आफु उम्मेदवार भएको उल्लेख गरे ।
शिक्षा ,स्वास्थ्य , सरसफाई , सुरक्षित मातृत्वको विकास , सुरक्षित आवासको निर्माण गर्ने मेरो पहिलो प्राथमिकता भएको उनले प्रस्ट परे ।
२ हजार ९ सय २७ मतदाता भएको उक्त वडामा ६ वटा पार्टीबाट र ३ वटा स्वतन्त्र गरि ९ जना वडा अध्यक्षको प्रतिस्पर्धामा रहेको छ । वडा अध्यक्ष उम्मेदवार कर्णले आर्थिक अवश्थाले सम्पन्न भएका उम्मेदवारले भोज भतेर शुरु गरेपनि कमजोर भएपनि आफु निर्वाचित हुनेमा विश्वास व्यक्त गरे ।
कटहरिया नगरपालिकामा नेकपा एमालेका मेयर प्रत्यासी सियाराम कुशवाहा , नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालका गठवन्धनका उम्मेदवार नसुरिदिन अन्सारी र अजय प्रकाश जयसवाल विच नगर प्रमुखमा प्रतिस्पर्धा रहेको स्थानियहरुले बताएका छन् ।