रौतहट । रौतहट प्रहरीले भन्सार छलीको विभिन्न किसिमका सामान बरामद गरि भन्सारमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतको प्रहरी गस्ती टोलीले विभिन्न स्थानमा सवारी साधनहरुलाइ चेकजाँच गर्ने क्रममा भन्सार छलीको विभिन्न किसिमका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक कुमार रायले जानकारी दिनु भएको छ ।

अबैध रुपमा भन्सार छली चोरी निकासी/पैठारी गरी ल्याउँदै गरेको अन्दाजी ३ लाख ८ हजार ३१५ रुपैया मुल्य बराबरको समानहरु भंसार कार्यालय गौरमा बुझाइएको प्रवक्ता डिएसपी रायले बताउनु भयो ।

जसमध्ये करिब १ लाख बराबरको भारतीय नम्बर बि.आर ०६ जे. १५८९ र बि.आर.३० वाइ ४३५३ नम्बरको दुई वटा मोटरसाइकल तथा २ लाख ८ हजार ३१५ बराबरको कपडा, टयुर, चकलेट, सखरखण्ड, किराना सर–सामानहरु विभिन्न समयमा विभिन्न स्थानमा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको समानहरु भंसार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।

पछिलो समयमा जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी इकाइहरु चेकजाँचमा सक्रियता देखाएको छ ।