राकेश यादव , ११ फाल्गुन
रौतहट जिल्लाको मौलपुर नगरपालिका वड़ा नम्बर ८ सोनरनिया निवासी भोजेन्द्र प्रसाद पटेलले रौतहट प्रहरीले आफ्नो कार्यको मूल्याङ्कन बढाउने उदेश्यले समातेर गोली हानेको आरोप लगाएका छन ।
गौर स्थित रिपोर्टर्स क्लब नेपालको सभाहलमा आइतवार पत्रकार सम्मलेनको आयोजन गरी पटेलले भारतको कलकत्ताबाट पक्राउ परेका भाई अभय सिंह भनिने कामेश्वर पटेललाइ भारतीय प्रहरीले जिम्मा लगाएपछि समातेर गोली हानि घाइते बनाई भिड़ंतको गलत संज्ञा दिएको दावी गरे ।
रौतहट प्रहरी प्रमुख र डीएसपी मिलेर मानव अधिकारको घोर उलंघन गर्दै दानवीय प्रवृति देखाएको आलोचना गरे ! काका छोरा रहेको पटेलले भाईलाइ भारतीय प्रहरीले पक्राउ गरी जिम्मा लगाएको २४ घण्टा पछि जंगल तीर लगेर गोली हानेको ठोकुवा गरे । उहाले मोस्टवांटेड भए पनि मानव अधिकार हुने बताए ।
समातेर गोली हान्नु कहा को न्याय हो प्रश्न गर्दै पटेलले घाइते भाईलाइ उपचार समेत राज्यले गराउन नसकेको जनाए । विभिन्न आपराधिक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पटेलको खुट्टा काटने अवस्था भएको बताउँदै अपांग बनाउने प्रहरीले उपचार गर्नुपर्ने मांग गरे ।
उपचार पनि नगराउने र परिवारले उपचार गराउन खोज्दा गराउन पनि नदिएर राज्यले मानव अधिकारको साथै स्वास्थ्य उपचारको अधिकारबाट बंचित गर्ने प्रयास गरेको पीडि़त परिवारको तर्क रहेको छ । फाल्गुन ६ गते राति प्रहरी सित भएको भिड़ंतमा खुट्टामा दुइ राउंड गोली लागेर घाइते भएपछि नियंत्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको थियो ।
अभियुक्त पटेलको भाई राकेश पटेलले प्रहरीको ज्यादती विरुद्ध छानविन गर्नु पर्ने राष्ट्रिय मानव अधिकार आयोग सित अपील गरेका छन । घाइते दाईको उचित उपचार गराई ज्यान जोगाई दिन समेत पीडि़त परिवारले अपील गरेका छन । फोटो २