१७ श्रावण
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक पपु नायकले अपराधीहरु दूलो भित्र पस्ने गरेको दावी गरेका छन । विगत केहि महीना देखि अपराध अनुसन्धान टीमका नेतृत्व समेत गर्दै आएका प्रहरी निरीक्षक नायकले अनुसन्धान गरी पक्राउ गर्ने कार्य तीव्र पारिएपछि अपराधीहरुमा हड़कंप मच्चिएको ठोकूवा समेत गरेका छन ।
केहि दिन देखि विभिन्न मुद्दाका फरार अभियुक्तको साथै अपराध गर्ने कार्यमा संलग्न रहेको आरोपितहरुको नियन्त्रण गर्ने अभियान कड़ाईका सञ्चालन गरिएकोले रौतहटमा आपराधिक कार्य गर्नेहरुको हिम्मत धराशाही हुदै गएको जिकिर गर्दै अवको केहि दिनमा फरार भएका अभियुक्तहरु कानूनको पहुंचबाट उम्किन नपाउने बताए ।
अहिले तस्करीका सामान समात्ने कार्य तेजी गतिले हुदै आएको विषयमा विस्तृत जानकारी लिन निजको कार्यकक्षमा पुगेका संचारकर्मी सित संक्षिप्त कुरा गर्दै प्रहरी निरीक्षक नायकले यस्तो बताएका हुन । उनले अपराध गर्ने व्यक्ति जून सुकै दूलो भित्र लुकेमा बाहिर ल्याएर छाड्ने चेतावनी दिए । लामो समय देखि थन्किएर राखिएको फाइल खोलेर अध्यन अवलोकन गरी आपराधिक क्रियाकलापमा संलग्न रहेका हरुको पक्राउ गर्ने कार्य शुरू गरिएको उहाले जनाए ।
शांति सुरक्षा कायम गरी अपराधमुक्त बातावरण बनाउने उदेश्यले अपराध अनुसन्धानमा दक्षता हासिल गरेका प्रहरी जवानहरुको एउटा टीम बनाइएको उल्लेख गर्दै नायकले कानून सित खेलवाड़ गर्नेलाइ कÞानूनी दायरामा ल्याई सजाय गराउने टीमको मुख्य उदेश्य भएको टिपण्णी गरे ।
समाजमा अशांति मचाउने तत्वलाइ न्यूनीकरण गर्नका लागि कर्भट अ‘ापरेशनको संज्ञा दिइएको टीमले दिन रात मिहनेत गरी पक्राउ गर्ने गरेको छ । विहिवार करीव ४० लाखको समानहरु भन्सार कार्यालयमा बुझाएका रौतहट प्रहरी ले शुक्रवार २ जना फरार अभियुक्त समेत पक्राउ गरेका छन ।
क्राइम इन्भेस्टिगेशन टीमले अंग भंग मुद्दाका फरार अभियुक्त राजपुर नगरपालिका २ बस्ने १८ वर्षीय इंताज मियालाइ गाउँमा लुकी छिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक नायकले बताए । २०७६ जेष्ठ २८ गतेका दिन स्थानीय ३३ वर्षीय हुकुम मियालाइ जग्गाको विषयमा ५ जना मिलेर कुटपिट गरी अंगभंग बनाएर फरार भएकोमा खोजतलाशको क्रममा पक्राउ गरिएको हो । प्रतिवादी बनाइएका अन्य ४ जनालाइ खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
२०७६ आषाढ़ ६ गतेका दिन राजपुर नगरपालिका वड़ा नम्बर १ बहुअरवा स्थित वीरेन्द्र राजमार्गमा टेम्पू दुर्घटना गराएर फरार भएका अभियुक्त माधव नारायण नगरपालिका वड़ा नम्बर ३ सखुअवा बस्ने टेम्पू चालक अजय कुमार महतोलाइ प्रहरीले पक्राउ समेत गरेको छ । दुर्घटना पछि फरार भएका महतोलाई ४० दिनमा प्रहरीले पक्राउ गर्न सफल भएका छन ।
विहान साढ़े आठ बजेको समयमा भएको टेम्पू दुर्घटनामा स्थानीय यमुनामाई नगरपालिका ४ सरुअठा बस्ने २६ वर्षीय महमद वकिलको घटना स्थलमै मृत्यु भएको थियो भने भारत विहार मोतिहारी जिल्ला ग्राम सिरसिया बस्ने १८ वर्षीय पम्पी कुमारी तिवारी गम्भीर रुपमा घाइते भएका थिए । तिवारीको बया खुट्टा काटिएको र घुड़ा मुनि भाची घाइते भएकी प्रहरीले जनाएको छ ।
पक्राउ परेको महतो माथि सवारी ज्यान मुद्दामा रौतहट जिल्ला अदलातबाट म्याद थप गरी अनुसन्धानको कार्य अगाडी बढ़ाइएको प्रहरीले बताएको छ । त्यस्तै सिमा नाकाबाट हुने भन्सार छली अवैध चोरी गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत खटिएको क्राइम इंवेस्टिगेसन टीमले २ लाख ५५ हजार ५ सय मूल्य बरावरको सामानहरु नियन्त्रणमा लिएको छ ।
गौर नगरपालिका वड़ा नम्बर ३ बाट २९ हजार १ सय बरावरको चप्पल , गौर भन्सार अगाडीबाट ६२ हजार ६ सय मूल्य बरावरको कपडा , वड़ा नम्बर ४ बाट १ लाख ३० हजार ८ सय मूल्य बरावर १ बोरा मोटर साइकलको ट्यूब तथा यमुना माई गाउँपालिका ४ बाट ३३ हजार मूल्य बरावरको सुर्ती जन्य सामग्री पक्राउ गरिएको हो । पक्राउ परेका सामानहरु आवश्यक कार्यवाहिको लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको छ ।