राकेश यादव , १७ कार्तिक
समाजवादी पार्टी नगरे समिति राजदेवी रौतहटले राजदेवी नगरपालिकाले मांग सम्वोधन नगर सम्म नगरपालिकाको कार्य वहिष्कार गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले गरेको कार्य खर्चको विबरण उपलब्ध गराउन २५ बुन्दे मांग सहितको ज्ञापन पत्र प्रति राजदेवी नगरपालिकाले कुनै वास्ता नगरी दिइएको १५ दिनको समयमा कागजात उपलब्ध नगरेकोले यस्तो निर्णय गरिएको हो । आइतवार बसेको पार्टीको नगर कार्य समितिको बैठकबाट नगरपालिकाको कार्य बहिस्कार गर्ने निर्णय गरिएको नगर अध्यक्ष रामेश्वर प्रसाद यादवले बताएका छन ।
पार्टीको तरफबाट नगर सभा र कार्यपालिकामा प्रतिनिधित्व गर्दै आएका २१ जना निर्वा्चित जनप्रतिनिधिहरुले खर्च विबरण सार्वजानिक नगर सम्म नगरपालिकाको कुनै पनि निर्णयमा हस्ताक्षर नगर्ने घोषणा समेत गरेको नगर अध्यक्ष यादवले बताए ।
मधेशवादी दलको बहुमत रहेको सो नगरपालिकामा गएको आर्थिक वर्षमा बजेटमा व्यापक अनियमितता भएको भन्दै छानविन हुनुपर्ने मांग राख्दै समाजवादी पार्टी नगर कार्य समितिले १५ दिन पहिला ज्ञापन पत्र बुझाएको थियो ।
बैठकमा प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मंत्री योगेन्द्र यादव लगायत निर्वाचजित वड़ा अध्यक्षहरु ,वड़ा सदस्यहरु सहभागी भएका थिए । बैठकले आगामी २० गते देखि नगरपालिकाको विरुद्धमा आन्दोलनमा जाने समेत निर्णय गरेको छ ।