७ भाद्र
हिन्दू परिषद् नेपाल रौतहटले हनुमान मन्दिरका महन्थ श्रीराम साहको हत्याको छानविन तीव्र पार्न मांग गर्दै प्रधानमंत्रीलाइ ज्ञापन पत्र बुझाएको छ ।
हिन्दू परिषद् नेपालको केंद्रीय कार्य समितिको निर्णय अनुसार जिल्ला समितिका अध्यक्ष ओम प्रकाश साह मधेशियाको नेतृत्व को टोलीले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मार्फत प्रधानमंत्री केपी शर्मा ओलीलाइ ज्ञापन पत्र बुझाएका हुन। भाद्र ३ गते बुधवार राति सवा नौ बजेको समयमा खाना खाने बेलामा आएका अज्ञात हथियारधारी समूहले महन्थ साहको कन्चटमा गोली प्रहार गरी हत्या गरेका थिए ।
घटना भएको आज ४ दिन वितिसक्दा पनि हाल सम्म कुनै किसिमको हत्यामा संलग्न व्यक्ति वा हत्याराको पक्राउ वा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय रौतहट द्वारा सार्वजनिक नभएको हुनाले यथा शिघ्र हत्याराको पहिचान गरि कानुनको दायरामा ल्याउनु पर्ने मांग ज्ञापन पत्र मार्फत मांग गरिएको छ ।
सन्त जस्तो व्यक्तिको हत्या निन्दनीय कार्य गर्नेलाई फासीको सजाए हुने गरी अनुसन्धान गर्नु पर्ने जिकिर गरिएको छ । सन्त श्रीराम साह लाइ सहिद घोषणाको लागि मांग गरिएको छ ।
हिन्दू परिषद नेपाल रौतहटका संयोजक ओमप्रकाश साह, प्रवक्ता अभिमनु कुमार पटेल, गौर नगरपालिकाका नगर अध्यक्ष बिनोद उपाध्याय, देवाही गोनाही नगरपालिकाका नगर अध्यक्ष मनोज साह, यमुनामाई गाउँपालिकाका अध्यक्ष निरज साह, ईशनाथ नगरपालिकाका अध्यक्ष बिनोद यादव लगायत अन्य स्थानीय प्रमुख यो संगठनको सदस्यहरूको उपस्थिति रहेको थियो ।
निर्मम तरीकाबाट महन्थ साहको गरिएको हत्याको छानविन गर्नु पर्ने अहिले चौतर्फी रुपमा मांग भैरहेको भएको अवस्थामा पनि प्रहरीले अनुसन्धानको कार्यमा तीब्रता ल्याउन नसकेको विज्ञप्ति मार्फत आलोचना गरिएको छ ।
पुजारी साहको हत्यामा संलग्न रहेका अपराधीलाइ अविलम्ब पक्राउ गरी कÞानूनी दायरामा ल्याउनलाइ विभिन्न राजनितिक दलका केन्द्रीय ,क्षेत्रीय तथा स्थानीय नेताहरु समेतले आवाज उठाई रहेका छन ।