राकेश यादव , ३ पौष
रौतहट जिल्लाको राजदेवी नगरपालिकाको पाचौ नगर सभा अधिवेशन हुन् सकेको छैन । अषाढ १० गते भित्रमा सम्पन्न गर्नु पर्ने नगर सभा पुष महिना लाग्दा पनि अहिले सम्म हुन् सकेको छैन ।
नगर कार्य पालिकामा नेतृत्व गर्ने बहुमत दलका प्रतिनिधिहरुको सहमति हुन् नसकेको कारण निर्धारित समयमा हुनु पर्ने नगर सभा अहिले सम्म ओझेलमा रहेका छन् ।
नगर परिषद समयमा नभएको कारण नगरपालिका भित्रमा कार्यरत रहेका विद्यालय , स्वास्थ्य कर्मी , नगरपालिकाका कर्मचारीहरु तलव भत्ताबाट बन्चित भएका छन् भने विकास निर्माणका कार्यहरु समेत प्रभावित भएका हुन् । १९ सदसीय बोर्डमा १५ जना जनता समाजवादी पार्टीका प्रतिनिधि रहेका छन् भने मेयर सहित २ जना नेपाली कांग्रेसका तथा २ जना नेकपाका निर्वाचित जनप्रतिनिधि रहेका छन् ।
निर्वाचित जनप्रतिनिधि आफ्नो कर्तव्य प्रति जिम्मेवार नभएकोले नगरपालिकाको यस्तो अवस्था भएको स्थानियहरुको टिप्पणी रहेको छ । ३ वर्ष भन्दा बढी पदावधि वितिसक्दा पनि नगरपालिकाका आफ्नो भवन व्यवस्थित हुन् नसकेको हो ।
नेपाल सरकारले निर्धारित समयमा बजेट ल्याउन नसक्ने स्थानीय तहलाइ दिनु पर्ने अनुदान कटा समेत गर्ने चेतावनी दिदा पनि निर्वाचित जनप्रतिनिधिहरुले यस प्रति जिम्मेवार बन्न नसकेकोले समयमा नगर अधिवेशन हुन् नसकेको देखिएको छ ।
संघ सरकारका सथानीय विकास मन्त्रालयले स्थाई रुपमा संविधान तथा स्थानीय सरकार संचालन येनमा गरिएको व्यवस्था अनुसार उपसचिव नपठाउदा तथा पठाएको कर्मचारीलाइ स्थानीय तहमा हाजिर गराउन नसक्दा नगरपालिकाहरुको दुर्दशा भैरहेको छ ।
बाटोमा एउटा निमित प्रमुख प्रशासकीय अधिकृत हुन्छ भने अर्को पत्र आउने प्रवृतिले विकृति फैलाएकोले दरवन्दी अनुसारको क्रमचारी स्थाई रुपमा नपठाए सम्म नगरपालिकाका कार्यहरु दुरुस्त रुपमा संचालन नहुने जानकारहरुको कथन रहेको छ !
नगरपालिकाका नगर प्रमुख धिरेन्द्र कुमार सिंहले बहुमत पक्षका राजनीतिक दलका कारण नगर अधिवेशन ओझेलमा परेको बताएका छन् । उहाले नेपाली कांग्रेसबाट एक जना वडा अध्यक्ष र एउटा नगर प्रमुख रहेको अवस्थामा बहुमत पक्षका निर्वाचित जनप्रतिनिधिहरुले सहमति नगरेको कारण नगरपालिका बन्धकमा परेको बताए ।
जनताको विकास गर्नु पर्ने उदेश्य लिए पनि अल्मतमा रहेको कारण केहि चलन नसकेको गुनासो गरे । जनताको तथा नगरको विकास भन्दा बढी व्यक्तिगत स्वार्थ देखिएकोले नगर अधिवेशन गराउन समस्या भैरहेको नगर प्रमुख सिंहको कथन रहेको छ ।
नगर सभा नहुदा ६ महिना देखि कर्मचारीको तलव भत्ता लगायतका सुविधाको रकम भुक्तानी हुन् नसकेको तथा विकास निर्माणका कार्य प्रभावित भैरहेको नगर प्रमुख सिंहले जनाए ।
निमित प्रमुख प्रशासकीय प्रमुखको रुपमा कार्यरत रहेका सुवोध साहले नगर परिषदको लागि दल हरुका प्रतिनिधिलाइ पहल गर्न लागेको बेला संघीय मामिला तथा स्थनीय विकास मन्त्रालयले मङ्सिर २२ गतेमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा विनोद कुमार दतलाइ पठाउदा समस्या उतपन्न भएको मेयर सिंहले जिकिर गरे ।
संघीय मन्त्रालयको कर्मचारी हेरफेरले झन् समस्या उत्पन्न गरेको उहाको आरोप रहेको छ । मन्त्रालयले पठाएका कर्मचारी अहिले सम्म हाजिर भएको छैन । कार्य गर्दै आएका निमिति प्रमुख प्रशासकीय अधिकृत साहको अधिकार समेत मन्त्रालयले पत्राचार गरि रद गरेकोले हुदै आएको नगर अधिवेशनको तयारी ओझेलमा परेको छ ।
तत्कालिन निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्भाल्दै आएका साहले राजनीतिक दलका प्रतिनिधिको कारण नगर सभा हुन् नसकेको बताएका छन् । नगरसभा नभएको कारण कर्मचारीहरुको ६ महिना देखिको तलव भुक्तानी हुन् नसकेको जनाए ।
कर्मचारीको तलव दिने तयारी गरेको बेला मन्त्रालयले कर्मचारी सरुवा गरेकोले भुक्तानी प्रक्रिया प्रभावित भएको आरोप लगाए । जनप्रतिनिधिहरुको गैर जिम्मेवारीको कारण कर्मचारीहरुको आर्थिक समस्या उत्पन्न भएको छ ! समयमा तलव नदिएकोले कर्मचारीहरु आन्दोलनमा समेत उत्रेको थियो पछि नगर सभा हुने वितिकै भुक्तानी गर्ने सहमति गरेको साहले बताए ।
१६ नगरपालिका र २ गाउ पालिका रहेको रौतहटमा अहिले सम्म नगर सभा सम्पन्न नगर्ने सुचीमा राजदेवी नगरपालिका रहेका छन् । विबादको कारण मङ्सिर १५ गते गर्न भनिए आधारभूत अस्पतालको शिलान्यास समेत हुन्सकेको छैन ।