१४ पौष
नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका उपनेता एवं प्रदेश सांसद शेख रसिद अलि भन्ने शेख लालबाबुले जनता समाजवादी पार्टी नेपालका शिर्ष नेताहरु माथि अपशव्द प्रयोग गरेका छन् ।
प्रधानमन्त्रीको अलोकतान्त्रिक कदम विरुद्ध कांग्रेस केन्द्रिय कार्य समितिले घोषणा गरेको विरोध प्रदर्शन कार्यक्रममा सम्वोधन गर्दै प्रदश सांसद अलिले सार्वजनिक रुपमा प्रयोग गर्न नमिल्ने शव्द प्रयोग गरेर जनता समाजवादी पार्टीका नेताहरुलाई बेइज्जति गरेका हुन् ।
नेपालमा भएको प्रजातन्त्रको स्थापना कालदेखि रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीबाट बाहिर गएर मधेशवादी दलको गठन गरेका जसपाका सम्पूर्ण नेताहरुलाइ नाजायज सन्तानको संज्ञा दिएका हुन् । सम्वोधनमा प्रस्ट रुपमा सांसद लालबाबुले भने जसपाका नेताहरु स्पस्ट रुपमा भन्ने हो भने नेपाली कांग्रेस र नेकपा का नजायज सन्तान हुन् ।
पार्टी छाडेर गएका नेताहरुलाइ फेरि आफ्नो पुरानो घरमा फर्की आउँन अनुरोध गरेका संसदीय दलका उपनेता रशिद अलिले नेताको हुनु पर्ने सभ्यता गुमाएर असभ्यताको परिचय दिएको छ ।
नेपाली कांग्रेसको बदनामी समेत हुने गरि एक जिम्मेवारी नेताले अर्को पार्टीका अग्रपंतिका नेता देखि जिल्ला स्तरीय नेता कार्यकर्ता समेतलाइ प्रयोग गरेको अपशव्दको प्रति अहिले तिब्र आलोचना भइरहेका छन् । पार्टीका सम्पूर्ण नेताहरुलाइ गरेको अभद्र टिप्पणी प्रति जनता समाजवादी पार्टी नेपालका जिल्ला कार्य समितिले कुनै प्रतिक्रिया देखाएको छैन