रौतहट १४ पौष
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक असंवैधानिक कदमको विरुद्धमा नेकपाका प्रचण्ड नेपाल पक्षधरले रौतहटको सदरमुकाम गौरमा विशाल जनप्रदर्शन गरेका छन् ।
संघीय प्रतिनिधि सभाको विघटन गर्ने प्रधानमत्री ओलीको विरुद्धमा आफ्नै पार्टीका कार्यकर्ताहरु चर्को विरोध गरिरहेका छन् ।
ओली तेरो पाराले दुख पायो साराले , विघटन गरिएको सांसद पुनरबहाली गर जस्ता नारा लगाउदै हजारौको संख्या सहभागी भएका नेकपाका नेता कार्यकर्ताहरुको जुलुस गौर राइस मिलको मैदानबाट शुरु भै नगर परिक्रमा गर्दै मधेशी क्रान्ति चौकमा कोण सभामा परिणत भएका थिए ।
करिव १० हजार कार्यकर्ता उपस्थित रहेको कोण सभामा सम्वोधन गर्दै पार्टीका स्थाई कमिटि सदस्य एवं पुर्व मन्त्रि मातृका प्रसाद यादवले प्रधानमन्त्री ओली कम्युनिस्ट नै नभएको बताएका छन् ।
जेल एउटा मात्र सर्टिफिकेट भएका ओलीले असंवैधानिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाइ समाप्त पर्ने उदेश्यले सांसद विघटन गरेको भन्दै यादवले प्रधानमन्त्री ओलीले भ्रस्टाचारको बढावा दिएको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले संविधान र कानुनको विपरित यात्रा शुरु गरेको बताउदै ओलीको कम्युनिस्ट कै गुण नभएको टिप्पणी गरे । उनले भने ओलीको वरिपरि रहेकाहरु एक नम्बरको भ्रस्टचारी रहेको र समरक्षण गर्ने ओली नै भएको उल्लेख गरे ।
संघियता लोकतन्त्र गणतन्त्र र धर्मनिरपेक्षताको समाप्त पर्ने सड्यन्त्रको पछि पार्टीका केहि नेता लागेकोले त्यसको समर्थन नगर्न पार्टी कार्यकर्ताहरुलाई समेत आग्रह गरे ।
कानुन विपरित गरेको सांसद विघटनको निर्णय गलत सावित हुनेमा विस्वस्त रहेको भन्दै संघियता लोकतन्त्रको रक्षाको निमित नेकपा आन्दोलनमा उत्रेको बताए ।
पुर्व मन्त्रि यादवले भने ओली कम्युनिस्ट आन्दोलनको इतिहास मिटाऊंन खोजेको हो तर कुनै पनि हालतमा सफल हुदैन । प्रधानमन्त्री ओलीको पक्षमा गएकाहरुलाई संघियता र लोकतन्त्रको विरोधीको संज्ञा दिदै ओलीको निरङ्कुश कदमको अन्त्य हुने ठोकुवा गरे ।
१८ स्थानीय तहबाट प्रदर्शनमा सहभागी भएका कार्यक्रममा पुर्व सांसद रामकुमार भट्टराई , सांसद हसिना खातुन , प्रदेश कमिटि सदस्य शम्भु साह , लगायत दर्जनौ नेताहरु देखिएका थिए ।