१६ पुष
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवं नेपाल सरकारका शहरी विकास मन्त्रि प्रभु साहले विघटन भएको संघित प्रतिनिधि सभा कुनै पनि हालतमा पुनर स्थापना हुन् नसक्ने बताउनु भएको छ ।
दोस्रो पटक शहरी विकास मन्त्रि भएका साह पहिलो पटक गृह जिल्ला रौतहटको चिनी मिलको मैदानमा नेकपा जिल्ला कमिटिले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलामा सम्वोधन गर्दै मन्त्रि साहले सम्वैधिनिक रुपमा गरिएको संसद विघटन पुनर्बहाली हुने अवस्थामा नरहेकोले माधव प्रचण्ड समुहले फैलाउदै आएको अफवाहमा नफसी आगामी बैशाख १७ र २७ गते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।
कार्यक्रममा प्रमुख आतिथिका आसन्नबाट सम्वोधन गर्दै मन्त्रि साहले पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल र माधव कुमार नेपाल प्रति कडा रुपमा शाव्दिक बान प्रहार गरेका हुन् । आफनै पार्टीका केहि नेताहरुको कारण प्रधानमन्त्री ओली लाइ संसद विघटन गर्नु परेको बताउदै ताजा जना देशमा जान नचाहने हरुको समुह माधव प्रचण्ड भएको टिप्पणी गरे ।
माओवादीको नाम र छाप समेत प्रचण्डले विर्सिसकेको बताउदै साहले विकास र समृद्धिको विरोधी रहेको संज्ञा दिए । माधव नेपाल प्रधान मन्त्रि हुदा रौतहटमा विकासका कार्य गर्न नसकेको र पराजित भएर प्रधानमन्त्री भएको व्यंग कस्दै चुनावमा जनताको समक्ष जान नचाहने कायरहरु भएको आरोप समेत लगाए ।
जनयुद्धको क्रममा ज्यानको आहुति दिने शहिदहरुको बलिदानी र माओवादको नीति सिधान्त समेत भुलाएका प्रचण्ड पदको लागि पार्टी भित्र गद्दारी गरेको कारण देश अन्यौलता तिर धकेलिएको बताए । आफ्नो स्वार्थ पुरा हुन् नसक्दा प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री ओली माथि अविश्वासको प्रस्ताव ल्याएर घेरावन्दी समेत गरेको मन्त्रि साहको तर्क रहेका छन् ।
स्वार्थको लागि संसद विघटन नगरी देशमा समृद्धि ,विकासको लागि संसद विघटन गरि तजा जनादेशमा जान ओलीले कदम चालेको उहाको भनाइ रहेको छ । पुर्व राजा ज्ञानेन्द्र साहले सत्ता कव्ज्जा गरेको बेला माधव नेपाल दाम चढाउने गरेको टिप्पणी गर्दै त्यस्ता नेता विकास र समृद्धिको बाटोमा कहिले नजाने बताए ।
संविधान अनुसार संसद विघटन गरिएको भएपनि असंवैधानिक भन्ने हरुलाइ कानुनको अध्यन गर्न सुझाव दिए । संसद विघटनको विषय अदालतमा विचाराधीन रहेको अवस्थामा सडकमा आएका प्रचण्ड माधव समुहलाइ कानुन माथि विस्वास समेत नरहेको तर्क गरे । मन्त्रि साहले भने जव सर्वोच्चमा मुद्दा चलि रहेको छ भने आन्दोलन किन ।
रौतहटमा गरेको विकासको बारेमा जनतालाइ देखाउन माधव नेपाललाइ खुल्ला चुनौती दिदै मन्त्रि साहले पार्टीको अधिवेशनमा निर्वाचित हुन् नसक्ने नेपाल टिका लगाउने पार्टीको अध्यक्ष भएको कटाक्ष समेत गरे । प्रचण्ड र माधव स्वार्थी धोखेवाज भएको भन्दै निर्वाचनमा भाग लिएर जितेरे देखाई दिने समेत चुनौती दिए ।
कार्यक्रममा नेकपाका प्रदेश इन्चार्च सत्य नारायण मण्डलले सडकमा आन्दोलन गरिरहेका समुह जनताबाट पराजित हुने डरले चुनावमा जान डराई रहेको टिप्पणी गरे । निवर्तमान सांसद रेखा झाले जनताले दिएको जनादेश अनुसार पार्टीका केहि नेताहरुको कारण मुलुकमा यस्तो अवस्था आएकोबते । आफ्नो पद र आकांक्षाका कारण काम गर्न चाहने सरकारलाइ काममै गर्न नदिएको कारण सांसद विघटन गर्नु परेको जिकिर गरे ।
केन्द्रिय सदस्य उद्धव रेग्मी ,प्रदेश सचिव सुमन प्याकुरेल , पुर्व सभासद ज्वाला साह , केन्द्रिय सदस्य राज किशोर प्रसाद यादव लगायतका वक्ताहरुले प्रधानमन्त्री ओलीको कदम संवैधानिक सराहनीय रहेको भन्दै निर्वाचन निर्धारित समय मै नै हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यकर्ता भेलामा जनता समाजवादी पार्टी परित्याग गरि ओली नेतृत्वको नेकपा पार्टीमा प्रवेश गरेका पुर्व संविधान सभा सदस्य बबन सिंहलाइ मन्त्रि साहले टिका लगाएर औपचारिक रुपमा पार्टी प्रवेश गरेका थिए ।