रौतहट ,१६ पौष
जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं पुर्व संविधान सभा सदस्य बबन सिंह ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।
२०६४ सालको पहिलो संविधान सभामा स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएका सिंह रौतहट जिल्लाको गरुडामा विहिवार आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा जनता समाजवादी पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका हुन् ।
दोस्रो संविधान सभाको निर्वाचन तथा २०७४ को प्रतिनिधि सभाको चुनावमा जमानत गुमाएका र २०६३ चैत्र ७ गते भएको गौर हत्याकाण्डका मुख्य आरोपित रहेका सिंहले मधेशवादी दलका शिर्ष नेताले गद्दारी गरेको कारण बाध्य भएर पार्टी परित्याग गरेको बताएका छन् ।
पार्टी प्रवेश पछि सम्वोधन गर्दै सिंहले मधेशी , दलित , जनजाती , मुस्लिम , विपन्न वर्ग समुदायको लागि अहम भूमिका निर्वाह गरे पनि पार्टी मुल्यांकन नगरेको दावी गरे । उनले भने मधेशी दलका नेताहरुले निर्वाचनमा आफुलाइ धोखा दिएको ।
शिर्ष नेता महन्थ ठाकुर , उपेन्द्र यादव , महेन्द्र यादव , राजेन्द्र महतोले माथि नेपाली कांग्रेस र नेकपा सित तालमेल गरेर आ आफ्नो सीट सुरक्षित गरि पार्टीका सच्चा सिपाहीलाई हराउने खेल खेलेको आरोप लगाए ।
पुर्व सांसद सिंहले माधव नेपाल माथि आक्रमण गर्दै आरुले ल्याएको योजनाको शिलान्यास गरेर फोटो लगाएको व्यंग गरे ।
मधेश आन्दोलनको बलमा बनेको प्रदेश २ का सरकारका मुख्य मन्त्रि महमद लालबाबु राउत गद्दी कमिशन लिएर योजनाहरु विक्री गर्ने गरेको गम्भीर आरोप लगाए ।
मुख्य मन्त्रि राउतलाइ शिक्षा र स्वास्थ्य तथा पूर्वाधार विकासमा लगानी गर्न पटक पटक आग्रह गर्दा पनि कमिशनको लोभमा मठ मन्दिर , पोखरी ,मस्जिदमा लगानी गर्ने गरेको टिप्पणी गरे । उनले भने प्रदेश सरकार एक नम्बरको कमिशनखोरको सरकार हो ।
जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर नेकपामा प्रवेश गरेका सिंह गौर हत्या काण्डमा मुछिएका छन् । २ दर्जन भन्दा बढी माओबादीको भएको हत्यामा सिंह मुख्य नाइके रहेको गौर घटनाका प्रतिवेदनमा चित्रण गरिएको छ ।
राजदेवी नगरपालिकाका उपमेयरमा जनता समाजवादी पार्टीबाट सिंहका श्रीमती निर्वाचित रहेका छन् । श्रीमती जसपामा भए पनि श्रीमान नेकपामा शरण लिन पुगेको छ ।