राकेश यादव ११ अषाढ
गौर नगरपालिकाका स्थानीयबासीले गौरमा घण्टा घर हेर्न पाउने राखेका चाहना पुरा भएन ।
गौर नगरपालिकाका नगरप्रमुख अजय कुमार गुप्ताले गौरको विकास एवं सौन्दर्यकरणको लागि मध्य भाग बिपी चौकमा घण्टा घर निर्माण गर्न लगिएको भन्दै तामझामका साथ शिलान्यास गरेपनि चालु आर्थिक वर्षमा सो को निर्माण कार्य शुरु हुन् नसक्दा जनताले राखेको अपेक्षा सपना भएर गएको छ ।
विपी कोइरालाको स्मारक स्थल भएको ठाउमा नगरपालिकाबाट वितिय समानीकरणको ४० लाख रकम छुट्याएर शिलान्याश गरिएको थियो । टेन्डर समेत भै सकेको सो योजनाको रकम नगर प्रमुख गुप्ताले शिर्षक परिवर्तन गर्दै सडक ढलानमा खर्च गरेको छ ।
नेपाली कांग्रेसका नेता हरुले आपति जनाए पछि सम्झौता हुन् नसकेको कारण विनियोजन गरिएको रकम सडक ढलानमा खर्च गरिएको गौर नगरपालिकाका निमित प्रमुख प्रसश्कीय अधिकृत सुभाष ठाकुरले बताएका छन् ।
घण्टा घरको निर्माण गर्न सक्रियता नगरपालिकाले देखे पनि राजनीतिक हिसाव कितावले सहकारी हुन् नसक्दा रकम अर्को योजनामा खर्च गरिएको उहाको जिकिर रहेको छ । निर्वाचनको समयमा घोषणा पत्र जारी गर्दै जनाएको प्रतिवद्धता अनुसार जनताको चाहना आकांक्षा अनुरुप नगर प्रमुखले विकास निर्माणको कार्य नगरेको भन्दै नगरबासीले तिब्र रुपमा आलोचना गर्ने गरेको छ ।
गौरको सडक ,नाला , पोखरी सौन्दर्यकरणमा नेपाल सरकारको सहरी विकास मन्त्रालयका सघन सहरी कार्यक्रमको बजेट लगानी रहेको देखिए पनि नगरपालिकाको देखिने गरि विकास निर्माणको कार्य नरहेको स्थानीयको दावी रहेको छ