जनकपुरधाम, फागुन १७ । जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी युवा संघ मधेश प्रदेश समितिको विस्तार गरिएको छ ।
मधेस प्रदेश अध्यक्ष रौतहटका कमलेश प्रसाद यादवको अध्यक्षतामा शुक्रवार सम्पन्न विस्तारित बैठकले ४१ सदस्यीय मधेश प्रदेश समितिको विस्तार गरिएको छ ।
समाजवादी युवा संघ मधेश प्रदेश समितिको उपध्यक्षमा सप्तरीका भुवनेश्वर यादव, महोत्तरीका सरोज चौधरी, धनुषाका सुरज महतो, सप्तरीका बिजय साह र बाराका उपेन्द्र यादव चयन भएका छन ।
समितिको मुख्यसचिवमा धनुषाका दिपेन्द्र कापरी र सचिवहरुमा महोत्तरीका सरोज अधिकारी पर्साका शेष समशेद , सिरहाकी पिन्की कुमारी यादव , रौतहटका पुन्यप्रताप पटेल र बाराकी अनिता यादव चयन भएको समाजवादी युवा संघ मधेश प्रदेश समितिका अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
समितिको कोषाध्यषमा धनुषाका सीता कुमारी मन्डल चयन भएकी छिन ।
त्यसैगरि सदस्यहरुमा राकेश यादव (सर्लाही), तप्सी यादव (रौतहट) , जयनारायण यादव (धनुषा) कैलाश महरान (सप्तरी) , अशोक कु. यादव (सिरहा) लगायतको चयन भएको अध्यक्ष यादबले जानकारी गराएका छन ।
बैठकमा जसपा नेपालका केन्द्रिय सदस्य तथा युवा,विद्यार्थी तथा खुलकुद बिभागका उप प्रमुख कृष्ण संकर साह जसपा नेपाल मधेस प्रदेश अध्यक्ष बालकिशोर यादव, जसपा नेपालका प्रदेश उपाध्यक्ष तथा मधेस प्रदेश सरकारका पुर्व गृहमन्त्री ज्ञानेन्द्र यादव,समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष संजिब यादव ,महासचिव दिलिप पटेल लगायत प्रदेश युवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

