१६ कार्तिक
रौतहट जिल्लाका महिलाहरु प्रति लक्षित गर्दै अभिव्यक्ति दिएका रौतहट निर्वाचन क्षेत्र नम्बर १ का सांसद एवं जनता समाजवादी पार्टीका निर्वाचन विभाग प्रमुख अनिल कुमार झाको सांसद पदबाट राजीनामा दिनु पर्ने मांग जोड़दार रुपमा उठन थालेका छन ।
बड़ा दशै शुभ दीपावली तथा छठ पर्वको अवसरमा कार्तिक ११ गते रौतहटको यमुनामाई गाउँपालिका वड़ा नम्बर ३ राजपुर तुलसीमा जनता समाजवादी पार्टीले आयोजना गरेको शुभकामना अदान प्रदान कार्यक्रममा सम्वोधन गर्दै सांसद अनिल झाले दिएको विबादित व्यान प्रति जिल्लाका विभिन्न पार्टी , महिला संग संगठनहरुले महिलाको अपमान गरेको भन्दै पद बाट राजीनामा दिनुपर्ने मांग गर्न थालेका हुन ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति रौतहटका सभापति एवं पूर्व सांसद कृष्ण प्रसाद यादवले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचित स्थानीय तहका जनप्रतिनिधि तथा बैदेशिक रोजगारमा गएकहरुको श्रीमतीलाइ लक्षित गर्दै गरेको अभद्र टिप्प्पणीको घोरं निन्दा गरेका छन ।
विज्ञप्ति जारी गर्नु अघि पार्टी जिल्ला कार्य समिति गौरमा पत्रकारहरु सित कुरा गर्दै सभापति यादवले भने एउटा जिम्मेवार व्यक्तिको मुखबाट जनप्रतिनिधि र महिलाको अभद्र टिपण्णी गर्नु अमर्यादित असिस्ट एवं असभय रहेको छ ।
सभापति यादवले स्थानीय तहमा आउने बजेट मेयरको बाउ को नभएको प्रयोग गरिएको शव्द अशोभनीय रहेकोले घोर निन्दा गर्दछौ साथै महिला दीदी बहिनीलाइ उसको चरित्र सित जोडिएर दिएको अपमानजनक उदहारण अमर्यादित र गैर जिम्मेवारी पूर्ण रहेकोले यस्ता जनप्रतिनिधिलाइ पदमा बहिरहनु पर्ने औचित्य नभएकोले नैतिकताको आधारमा पदबाट राजीनामा दिन र त्यस माथि नेपाल सरकारले तुरन्त कार्यवाही गर्नु पर्ने जोड़दार रुपमा मांग गर्दछु ।
उहाले संविधानले महिलाको सम्मान गरेपनि व्यवस्थापिका सांसदका सांसदले महिलाको खुल्ला रुपमा अपमान गरेको छ जून अक्षम्य रहेका छन ।
सार्वजानिक मञ्च प्रयोग गरी महिलाको इज्जत माथि धावा ब्प्लने सांसद अनिल झा ले राजीनामा नदीए नेपाली कांग्रेसले देश व्यापी रुपमा आन्दोलन समेत गर्ने चेतावनी दिएका छन ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ का पूर्व क्षेत्रीय सभापति श्रीराम रायले जनता समाजवादी पार्टीका सांसद अनिल कुमार झा ले दिएको अभिव्यक्तिले पुरै जिल्लाको महिलाहरुको अपमान भएको भएका छन ।
उहाले सांसद झा को अभिव्यक्ति अमर्यादित रहेको जिकिर गर्दै आम नेपाली दीदी बहिनी सित सार्वजानिक रुपमा माफी माग्नुको साथै पदबाट समेत राजीनामा दिनु पर्छ भने ।
नेपालबाट अध्यनको लागि बंगालदेश गएका नेपाली चली बेटीलाइ अपमान गर्ने गरे अभिव्यक्ति दिएको कारण शिक्षा मंत्रीले पदबाट राजीनामा गरेको उदहारण प्रस्तुत गर्दै पूर्वसभापति यादवले अनिल झा ले महिलाको अपमान गरेकोले पद बाट राजीनामा दिनु पर्ने जिकिर गरे ।
नेपाल सरकारले जारी गरेको मुलुकी अपराध संहिंता २०७४ को परिच्छेद २ गाली बेईज्जती सम्वन्धी कसूरको दफा ३०५को उपदफा १ मा गरिएको कÞानूनी व्यवस्था कसैले कसैलाई गाली गर्न नहुने व्यवस्थाको घोर उलंघन गरेका छन ।
उपदफा २ मा भनिएको छ उपदफा १ को प्रयोजनको लागि कसैले कसैलाई होच्च्याउने नियतले बोली वा बचनले अपमानजनक शव्द प्रयोग गरिमा निजले गली गरेको मानिनेछ । सोही दफाको उपदफा ३ मा उपदफा १ प्रयोजनको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्ष सम्म कैद देश हजार रुपैया जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएकोमा सांसद झा ले सार्वजानिक मञ्चबाट महिला प्रति र स्थानीय जनप्रतिनिधि प्रति होच्च्याउने नियतले अपमानजक शव्दको प्रष्ट रुपमा प्रयोग गरेकोले कÞानूनी कार्यवाही हुने अवस्था रहेको छ ।