५ भाद्र
सत्य सेवा सुरक्षनम मुल्य मन्त्रको साथ स्थापना गरिएको नेपाल प्रहरीको संगठनमा आवद्ध प्रहरीले गैर कानुनी कार्य गर्न लाग्दा सिंगो प्रहरी संगठन नै बदनाम हुन् पुगेको छ ।
रौतहटमा विगत केहि दिन देखि बढेको चोरी , तस्करी , हुण्डी कारोवार , दारु भट्टी संचालनको नियन्त्रण गर्नको साटो कारोवार गराउन संलग्न भएको प्रहरीको विरुद्ध समाचार लेख्दा भारतबाट नेपालमा प्रतिबन्ध लगाइएको औषधि मोटर साइकलमा हालेर एउटा अनलाइन पोर्टल संचालकलाइ फसाउने गरेको कार्यले प्रहरीको कार्य प्रति नकारात्मक टिप्पणी हुन् थालेको छ ।
२०७८ साल श्रावन ३२ गते साझ फोन गरेर गौर नगरपालिका वडा नम्बर १ जिल्ला अदालतको पछाडी नया खुलेको होटेल ग्रीन सिग्नलमा खाजा खान बोलाएर होटेल अगाडी पार्किंग गरि राखिएको बी आर ३० १८८७ नम्बरको ग्लेम्बर मोटर साइकलको हेड लाइट भएको ठाउको मुनि जिल्ला प्रहरी कार्यालयका घुमुवा प्रहरीको टोलीले लागु औषध नाईट्रो भेट ७ पता १०५ वटा कालो प्लास्टिकको झोलामा हाल्न लगाई खाजा खाएर होटेलबाट निसेकेका रौतहट एक्प्रेसका संचालक संचारकर्मी मोहमद मोजिबुल्ल्लाह लाइ होटेल देखि पर बसेका घुमुवा प्रहरीले पक्राउ गरेको घटनाको नेपाल पत्रकार महासंघ रौतहट शाखा ले शनिवार पर्दा फास गरेको हो ।
नेपाल पत्रकार महासंघले होटेलको भुइँ तालामा जडान गरिएको सिसि कैमराको फुटेज सार्वजनिक गर्दा प्रहरीले नाई लागु औषधि हाल्न लगाएको र निर्दोष व्यक्ति २ जनालाइ पक्राउ गरि फसाएको पुस्टि भएको छ ।
रेकर्ड भएको फुटेज अनुसार बेलुकी करिव ४ बजे मोटर साइकल लिएर पुगेका मोजिबुल्लाह राती करिव साढे सात बजे निस्केको देखिन्छ । विचको अबधि करिव साढे ६ बजेको समयमा घुमुवा प्रहरीका प्रहरी सहायक निरीक्षक उदय यादव , प्रहरी जवान मनोज साह र दिनेश यादव मोटर साइकल लिएर पत्रकार को मोटर साइकल पार्किंग गरिएको ठाउमा आउछ त्यको केहि छिन पछि हिरो होन्डा स्पलेण्डर मोटर साइकलमा सेतो हेल्मेट लगाएको व्यक्ति कालो रंगको बैग लिएर दुइ जना सित पुगेको देखिन्छ ।
पहिला देखि आएका करिव ७,८ जना घुमुवा प्रहरी त्यहि बसेको हुन्छ र पछि आएका सेतो हेल्मेट लगाएको व्यक्ति मोजिबुल्ल्लाहको गाडी आगाडी बसेर कहा राख्ने भने हेर्छ आम नागरिकको चहल पहल भैरहेको देखेर केहि समय अलमलिन्छ सुनसान हुने वितिकै पहिला देखि लिएर आएको लागु औषध मोटर साइकलमा हालेर आफ्नो मोटर साइकल लिएर फर्किन्छ तर घुमुवाको टोली समात्नका लागि त्यहि बसेको हुन्छ ।
पक्राउ परेका मोजिबुल्लाह र शेख गुलाव होटेल बाट खाजा खाएर निस्किन्छ मोटर साइकल चालु गरि घर तिर फर्किदा घात लगाएर बसेका इशारामा परिचालन गरिएका घुमुवा हरुको टोली नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुगेर भोलि लागु औषध सहित २ जना पक्राउ परेको भनि जारी गरेको सुचना पछि नेपाल पत्रकार महासंघले निर्दोष लाइ प्रहरीले फसाएको अनुमान गरि घटना स्थलबाट सिसि कैमराको फुटेज कव्जा गर्न सफल भएर सार्वजनिक गर्दा प्रहरीको कर्तुत बाहिर छर्लंग भएको हो ।
समाचारको बदला लिने कार्यमा प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमोरियाको विशेष भुमिका रहेकोले उहा माथि छानविन गर्न पत्रकारहरुले माग समेत गरेको छ ।
नेपाल पत्रकार माहासंघले आव्हान गरेको बैठकमा प्रमुख आतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरीले भिडियोले प्रहरीको कर्तुत प्रस्ट देखिएकोले दोषी प्रहरी माथि कानुनी कार्यवाही गर्न माग गरेका छन् ।
उहाले कसैको बहकाउमा परेर निर्दोष व्यक्तिलाइ अपराधी सावित गर्ने कोशिस प्रहरीको कार्य निन्दनीय भएको बताए । एक ढिक्का भएर हिड्नु पर्ने सुझाव दिदै केन्द्रिय सदस्य पुरीले पक्राउ गरिएका संचारकर्मी मोजिबुल्लाहलाइ तत्काल रिहा गर्न माग गरे । घटनामा सजिस गर्ने गराउने प्रहरी कर्मचारीलाइ छानविन टोली गठन गरेर कानुनी कार्यवाही गर्नु पर्ने जोड दिए ।
नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष एवं बरिष्ठ पत्रकार शैलेन्द्र गुप्ता , प्रभात कुमार झा , फनिदेव महत , नेपाल पत्रकार महासंघका जिल्ला सभापति प्रेम चन्द्र झाले योजनाकार प्रहरी अधिकारी , प्रहरी जवानलाइ कानुनी दयारामा ल्याएर कानुनी कार्यवाही नगरे प्रहरी विरुद्ध चर्को आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।