२७ जेष्ठ
रौतहट जिल्लाका तिन वटै सुरक्षा निकायले संचालन गरेको ४ दिवसीय बाढी तथा डुवानमा उद्दार कार्यको संयुक्त अभ्यास कार्यक्रम विहिवार सम्पन्न भएको छ । वर्सेनि रुपमा हुदै आएको बाढी डुवानले व्योहोर्नु पर्ने मानवीय क्षतिलाइ न्यूनीकरण गर्ने उदेश्यले विपदको समयमा गर्नु पर्ने उद्दारको पुर्व तयारी सम्वन्धि संयुक्त अभ्यास कार्यक्रमको संचालन गरिएको थियो ।
बागमती नदि ,लालबकैया नदि र झाझ खोलामा आउने बाढीको कारण रौतहटका दक्षिणी भाग जलमग्न हुने र मानवीय क्षति हुने गरेका छन् । दक्षिणमा रहेका भारतीय बाधको कारण गौर लगायत दर्जनौ गाउ डुवानमा पर्ने गरेको छ । यस वर्ष जल तथा मौशम विभाग पुर्मनुमन महाशाखाले भरि वर्षा हुने भनि गरेको पुर्व अनुमानले पुर्व तयारीको अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भएको छ ।
गौरको बरहवा तालमा गरिएको पुर्व तयारी अभ्यासको समापन कार्यक्रममा सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी यादवले बाढी आउने सम्भावित खतरालाइ ध्यानमा राख्दै नदिको बाँध मर्मत सम्भारको कार्य तिब्र रुपमा भै रहेको जानकारी गराए ।

पानिको निकास भारत तिर भएकोले भारतले निर्माण गरेको बाँधमा पनि निकासको लागि लगाइएको सुलिस गेट नखोल्दा अप्राकृतिक रुपमा रौतहटका जनतालाई भौतिक , शारीरिक क्षति बेहोर्नु परेको जिकिर गरे । उहाले भारत सित् पनि निकासको विषयमा कुरो गर्ने प्रतिवद्धता जनाए ।
बाढीबाट हुने क्षतिबाट जोगाउन स्थानीय प्रसाशन सक्रिय रुपमा भूमिका निर्वाह गर्ने उहाको भनाइ रहेको छ ।
नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरु द्वारा गरिएको अभ्यासमा बाढीमा डुवेका व्यक्तिलाइ कसरि ज्यान जोगाउने , उद्धार गरेर ल्याएर प्राथमिक उपचार कसरि गर्ने , रबेर बोट ,मोटर बोट प्रयोग सम्बन्धि प्रशिक्षण गरिएको थियो ।
बाढीको बेला आवशयक पर्ने सामग्रीहरु प्रयोग गर्दै संयुक्त अभ्यास गरिएको थियो । प्राथमिक उपचारको लागि नेपाल रेडक्रस सोसाईटीको टीम उपस्थित रहेका थिए भने अस्पताल पुर्याउनका लागि एम्बुलेन्सको समेत व्यवस्था गरिएको थियो ।
कार्यक्रममा गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ता , नेपाल प्रहरीका प्रहरी उपरीक्षक शिद्धि विक्रम शाह , सशस्त्र प्रहरी उपरीक्षक सुरज बहादुर सेन ओली , नेपाली सेनाका विरदल गुल्मका गुल्म पति , नेपाल रेडक्रस सोसाइटी रौतहटका सभापति संजिव कुमार मल्लिक , जिल्ला अस्पताल गौरका मेडिकल सुप्रिटेनडेन्ट डाक्टर कृष्ण साह लगायतका उपस्थति रहेको थियो ।